१. त्यो भडास हो वा भण्डाफोर हो, तपाईहरु जान्नुहोस् । २. पार्टीको आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिक/अनौपचारिकरुपमा थाहै नदिइएको वक्तव्यको धारणा र परिणामका बारेमा बोल्नै पर्ने बाध्यता स्वयम व्यक्ति बाहेक अरु कसैको हुदैन । त्यसमा अरुलाई बोल्न बाध्य बनाउनु न्यायसंगत हुन्न । र, कुनै प्रसंगलाई वेवास्ता गर्दैमा ‘नाजवाफ’ भएको भन्न नमिल्ला ।
रह्यो कुरा त्यसरी बोल्न हुन्थ्यो कि हुन्न थियो ? आज भन्दा २५ सय बर्ष अगाडि नै यहि देशमा जन्मिएर बुद्धले अहिंसाका पाठ सिकाए । हिंसा रवि लामिछानेप्रति पनि हुनुहुन्न र रवि लामिछानेले अरुप्रति पनि गर्न हुन्न । ति हिंसा थिए कि थिएनन् ? आलोचना र आरोपहरु कति प्रामाणिक र कस्ता शब्दसज्जित हुनु हुदैन ? तपाईहरु जान्ने हुनुहुन्छ, जान्नुहोस् ।
संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्छ । दुवैको अधिकार छ भन्छ । स्वतन्त्रताले अर्काको अधिकारक्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाउ भन्छ । कति आफ्नो अधिकार र कर्तव्य क्षेत्रमा पर्छ ? तपाईहरु जान्ने हुनुहुन्छ, जान्नुहोस् ।
अनि, ठुलो संख्याले रवि लामिछानेले बोलेका कुराहरु सहि छन् भनिरहेका छन् । सञ्चारजगतप्रतिको यो अविश्वास कसरी हुन गयो भन्ने पनि खोजी गर्नुहोला । अर्को ठुलो संख्याले पार्टी सभापति रहेर त्यत्रो पार्टी हाँकिरहेको मानिसले शब्द चयन गर्न नजानेको हो भनिरहेका छन् । त्यो सुझाबलाई पनि मनन् गर्न पर्छ ।
गलत नसच्याइँ र सहिहरुले हातेमालो नगरि यो देश बन्नेवाला छैन । हामीले बुझ्ने यति हो । बाँकी त तपाईहरु सबै जान्ने हुनुहुन्छ ।