पोखरामा सोमबार काठमाडौंबाट आउँदै गरेको जहाजमा चरा ठोक्किएको छ । ‘जहाज ल्याण्ड हुदाँ स्टेप्पे चील पंखामा परेको हो । यो बारेमा विमानस्थलले केही भन्दैन् । कुरा लुकाउँछ । त्यो चरा लोपोन्मुख प्राजति मध्येको एक हो । चरा जहाजमा ठोक्किए पनि कुनै दुर्घटना हुन भने पाएन ।’ स्रोतले भने । उनले भनेझै उक्त विषमा विमानस्थलका प्रमुखले आफूलाई केही थाहा नभएको बताए ।
आइतबार मात्रै पोखरामा ठूलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ भने २ को अस्था अज्ञात रहेको छ । विमान दुर्घटना भएको २४ घण्टा नवित्दै अर्को दुर्घटना हुन लागेपछि खतरा भने टरेको छ ।
जहाजमा चरा ठोक्किएर मरेपनि मानवीय र भौतिक क्षति भने भएको छैन् । विमानमा चरा ठोक्किएर मरेपछि कर्मचारीले चरा सफा गरेका थिए । उनीहरुले विमानको पंखामा परेर जमिनमा झरेको मासुको टुक्रा सफा गरेका थिए । आइतबार दुर्घटना भएपछि यती एयरको कुनै पनि हवाइ भएको थिएन । तर सोमबार यती बाहेक अन्य जहाज पोखरा आउने जाने भएको थियो ।
चरासँग ठोक्किएको उक्त जहाज दिउँसो १ः १५ मा पोखरा विमानस्थलमा अवतरण गरेको स्रोतले बतायो । करिब करिब क्षमता अनुसारकै यात्रु बोकेर काठमाडौांबाट आएको उक्त जहाज अवतरण गर्ने क्रममा धावनमार्गको पूर्विक्षेत्र विजयपुरतर्फ चरासँग ठोक्किएको श्रोतको भनाइ रहेको छ । जहाजसँग ठोकिएर मरेको चरा गोमायु महाचिल हो । चराका जानकारका अनुसार यो संकटापन्न सूँचीमा परेको पाहुना चरा समेत हो ।
‘जहाज उताबाट आउँदै थियो ९विजयपुरतिर० । ल्याण्ड गर्नेक्रममा रनवेमा छुनासाथ चरासँग ठोक्कियो,’ श्रोतले भन्यो, ‘त्यसपछि चरा भुइमा खस्यो ९टुक्रा भएको अवस्था० । रनवे सफा गरेर विमानस्थल सुचारु गरिएको थियो ।’ श्रोतका अनुसार चालकदलले विमानस्थल टावरमा ‘बर्ड हिट’ भएको जानकारी मात्र नदिई आवश्यक फारम समेत भरेपनि जहाजमा कुनै समस्या नदेखिएपछि नियमित समयमा भन्दै छाडियो ।विमानस्थल क्षेत्रमा १६७ प्रजातिका चरा रहेको चराका विद्हरु बताउँछन् । ती मध्ये सात प्रजाति लोपोन्मुख प्रजातिका चरोको सूचीमा रहेको उनीहरु बताउँछन् ।
नागरिक उड्ययन प्राधिकरण ९क्यान० पोखराका प्रमुख बिक्रम गौतमले घटनालाई लुकाउँदै आफूलाई केही पनि थाहा नभएको बताए । ‘होइन त्यस्तो केही होइन केके ल्याउँछन ल्याउँछन् । त्यस्तो इनफरमेसन नै छैन म सित’ उनले भने ।