२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपाल-जापान मैत्रीय सम्बध कायम राख्न साँस्कृतिक उत्सव

Untitled
Untitled
Untitled

काठमाडौ । नेपाल जापानबीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ७ दशक पुग्न लागेको छ भने नेपाल र जापानबीच अनौपचारिक सम्बन्ध कायम भएको शताब्दिऔँ भइसकेको छ।

नेपालप्रति असल र मित्रवत् व्यवहार गर्न रुचाउने जापान र नेपालबीच आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, जलाधार संरक्षण, खानेपानीको व्यवस्थापन, विमानस्थलको स्तरोन्नति लगायत क्षेत्रमा मात्रै हैन धार्मिक एवं सांस्कृतिक आदान–प्रदानका दृष्टिकोणले समेत परम्परागत सम्बन्ध रहिआएको छ। नेपाल जापान बिच सरकारी स्तरमा मात्र हैन जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहदै आएको छ। यसैबीच आज काठमाडौको प्रज्ञा भवनमा नेपाल जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

जापानका लागि नेपाली राजदूत दुर्गा सुवेदीको बिशेष भूमिकामा जापानी कलाकारहरुको आयोजना तथा लोकतान्त्रिक पत्रकार मञ्च, जननी जन्मभुमि नेपाल लगायत संघ-संस्थाहरुको सहकार्यमा आयोजित कार्यक्रममा ख्यातीप्राप्त जापानी तथा नेपाली कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा जापानी कलाकारहरूले परंपरागत जापानी कला संस्कृति तथा राष्ट्रियता संग सम्बन्धि विशेष प्रस्तुतिका साथै मनोरञ्जनात्मक गीत संगीत प्रस्तुत गरेका थिए भने नेपाली कलाकारहरूले विभिन्न राष्ट्रिय गीत संगित प्रस्तुत गरेका थिए। प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान र विशेष अतिथि पूर्वमन्त्री तथा एमाले नेता मोहन बानियाँले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा दुबै देशको राष्ट्रिय गीत प्रस्तुत गरिनुका साथै पन्डित रवीन्द्र तिमिल्सिनाको समुहले स्वस्ती वाचन गरेका थिए।

कार्यक्रमका नेपाल संयोजक डा.उत्तम लामिछानेको अध्यक्षतामा संपन्न कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री भिमसेन दास प्रधान, विशेष अतिथि पूर्व मन्त्री मोहन बानियाँ तथा अतिथिहरु पूर्व सांसद तथा सनातन अभियान्ता शंकरप्रसाद पाण्डे, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष मातृका पोखरेल, जननी जन्मभूमि नेपालका अध्यक्ष सुरेन्द्र कुमार रेग्मी, इन्जिनियर सुवास पौडेल रिपोर्टर क्लब नेपालका अध्यक्ष ऋषि धमला, गैर आवासीय नेपाली संघ जापानका प्रतिनिधि चिरञ्जीवी थापा लगायत अतिथिहरुले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने भन्दै समन्धित सबै पक्षलाई धन्यवाद दिएका थिए।

Untitled
Untitled
Untitled