२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कविता भइन् मिसेस हिमालयन नेपाल २०२४

Untitled
Untitled
Untitled

काठमाडौं । यसपालीको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौंकी सौन्दर्यकर्मी कविता बिशुंखे बनेकी छिन् ।

शनिबार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरु‌को सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अर्वाड जापान २०२५ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् ।

हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा सारिका महतो फस्ट रनर अप तथा सुशिला न्यौपाने सेकेन्ड रनरअप हुन सफल भएका छन् सो कार्यक्रम मिसेस हिमालयन नेपाल प्रतियोगीता को एघारौँ संस्करण हो।

निलो रंगको क्याजु‌अल पोशाकमा आर्कषक नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरूले सुरु गरेको कार्यक्रममा परिचयात्मक चरण, प्रस्नोतर चरण, लेहेङ्गा चरण, टप टेन, टप फाइभ र क्राउनिङ चरणमा गरी प्रतिस्पर्धीहरु‌ले आफुलाइ अब्बल रुपमा प्रमाणित गर्ने प्रयास गरेका थिए ।

प्रतियोगीहरुलाई चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले करिव तीन साता सम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकाश बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती लगायत अन्य विविध बिषयमा तालिम दिएकी थिइन् ।

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्बा आफै आकर्षक पहिरनमा स्टेजमा उत्रेकी थिइन् । कार्यक्रममा विविध सबटाइ‌टल अर्वाडहरु समेत वितरण गरीएको थियो जसमा बिजेता कविताले मोस्ट इन्टिलिजेन्ट, सारिका महतो मोस्ट कन्फिडेन्ट, शुशिला न्यौपाने मोस्ट डिलाइटफुल, पब्लिक चोइस भिडीयो र मोस्ट पपुलर, तारा विश्वकर्मा मोस्ट डिलिजेन्ट, सर्जुना शाही मोस्ट स्मार्ट, मनशोभा महर्जन मोस्ट एक्टिभ, सरस्वती थापा मगर वेष्ट ट्‌यालेन्ट, सुजिता गुरुङ बेस्ट पर्सनालिटी, निर्मला चौधरी मोस्ट प्यासोनेट, शोभा चौलागाई दंगाल मोस्ट डिसेन्ट, भुमा तामाङ मोस्ट ग्रेसफुल र रेखा भट्टराइ बेस्ट फोटोजेनिक बन्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता मोडल दिक्पाल कार्की, अभिनेता इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा रेखा थापा, मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगरका साथै मिसेस नोवेल नेपाल २०२४ सिरोसा सापकोटा रहेका थिए ।

कार्यक्रममा विविध कलाकारहरुले आर्किषक नृत्य प्रस्तुत गरेका थिए भने विवाहित महिलाहरु‌को सौन्दर्यता र वौद्धिकताको श्रीवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

Untitled
Untitled
Untitled