२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

Untitled
Untitled
Untitled

काठमाण्डू, गायिका एलीना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ।

गीतकार लोकराज अधिकारीको शब्दमा सञ्चारकर्मीसमेत रहेका सरोज कोइरालाको संगीत रहेको छ ।

गीतमा संगीत संयोजन पुष्कर खत्रीको रहेको छ भने  मिक्सीङ कृष्ण पुनले गरेका छन् ।

गीत अस्ट्रेलियाको नेपमेलो स्टूडियोमा रेकर्डिङ गरिएको हो भने बाँकी काम नेपालमा रहेको म्यूजिक बैंकमा गरिएको छ ।

गीतका रेर्कडिष्ट समीर आचार्य र विजय मगर रहेका छन् भने भिडियो छाँयाङकन अमेरिकामा गरिएको छ ।

किशन रेग्मीले निर्देशन गरेको गीतको छाँयाङकन राजीव आचार्य र मनोज धितालले गरेका छन भने सम्पादन राजु बस्नेतले गरेका छन्।

म्यूजिक भिडियोमा कामना खरेल,सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुङ्गाना, सन्जु घिमिरे सङ्ग्रौला, रिना कार्की, र भूमीका ओझा लगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ ।

गीतको कोरियोग्राफी आशा ओझाले गरेकी छन् ।

तीजलाई लक्षित गरेर तीज गीतहरु सार्वजनिक भइरहेको समयमा अरु भन्दा फरक र नेपालीपन झल्कने किसिमको भएकोले  गीतलाई दर्शक स्रोताले रुचाउने विशवास गरिएको छ ।

म्यूजिक भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ।

Untitled
Untitled
Untitled