२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

‘एकल अञ्जान साँझ’ मा एन.बी.अञ्जान सम्मानित

Untitled
Untitled
Untitled

काठमाडौं । युवा साहित्यकार एन. बी. अञ्जानको एकल गजल वाचन तथा गायनको कार्यक्रम ‘एकल अञ्जान साँझ’ सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा दर्जनौँ साहित्यकार, दर्शक, श्रोता तथा मिडियाकर्मीहरुको बीचमा कार्यक्रम सम्पन्न भएको हो ।

कवि प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सञ्चालन तथा सहजिकरण चर्चित गजलकार बाबु त्रिपाठीले गरेका थिए भने गायनमा राज सागरले अन्जानलाई साथ दिएका थिए । लामो समयदेखि लेखन तथा साहित्य क्षेत्र अन्तर्गत विविध बिधामा कार्य गरिसक्नु भएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको वर्षा भएको थियो । चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्नुहुन्छ, गजल लेख्नुहुन्छ यो उहाँको विशेषता हो ।

रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन. बी. एउटा उदाहरण हुन् । अन्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, मौसम गजल सङ्ग्रह, ‘आधा इन्च’ हाइकु एसियाकै सानो कृति, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाब्य जस्ता चर्चित पुस्तकहरु लेखेकाछन् । यसै अवसरमा अन्जानलाई ‘गोधुलि साहित्य सम्मान’ले समेत सम्मानित गरिएको थियो । वरिष्ठ चलचित्र निर्देशक तथा कवि राजेन्द्र सलभ र गोधुलिका अध्यक्ष प्रकाश समिरले अन्जानलाई सम्मानपत्र प्रदान गर्दै बधाई दिनुभएको थियो ।

Untitled
Untitled
Untitled