२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया थापाले जितिन् ‘ह्युमनिटेरियन अवार्ड’

Untitled
Untitled
Untitled

काठमार्डौ, अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् ।

शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको यात्रा तय गरेकी पृथ्वीयाले यो अवार्ड जितेकी हुन् ।

अवार्ड जितेपछि पृथ्वीयाले आफूले अझ बढी तयारी गरेर प्रतिस्पर्धामा सहभागिता जनाउन सकेको भए शीर्ष उपाधि जित्न सक्ने दाबी गरिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कँदै छिन् ।

‘मिसेस नेपाल वल्र्ड’को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वल्र्ड’मा नेपालले सहभागिता जनाएको दोस्रो वर्षमै विधागत अवार्ड जित्नु ठूलो सफलता भएको बताए ।

प्रतियोगितामा जर्मनीकी जुलिया क्यारोलिनले ‘मिसेस वर्ल्ड २०२३’ को उपाधि जितिन् । मेडिकल डक्टरसमेत रहेकी जुलिया बालबालिका र जेष्ठ नागरिकको उपचार सक्रिय छिन् ।

विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।

Untitled
Untitled
Untitled