काठमाण्डू, चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन् । टाई, सुट र कोटमा ठाँटिएर हिँड्छन् । समाजमा उचो छवि छ ।
प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ । छवि अनुसारको गेटअपमा उनी देखिएका छन् ।
प्रायः चलचित्रमा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् ।
उनको यो रुप पनि दर्शकले रुचाएका छन् । उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन् ।
सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो ।
अभिनय कलाले सधैँ दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो ।
सम्भत अब दयाहाङलाई निर्माताहरूले यो गेटअप अर्थात् शहरिया रोलमा पनि काष्ट गर्न सुरु गर्नेछन् । टाइपकाष्टबाट बच्ने सम्भावना छ ।
कात्तिक ६ गतेबाट रिलिज भएको यो चलचित्र अहिले सकारात्मक वर्ड अफ माउथसहित चलिरहेको छ ।
दर्शकले रगतको सँगै भावनाको नाता पनि उत्तिकै बलियो हुने र स्थानीय स्रोतको दोहनको कथा मन परेको प्रतिक्रिया दिइरहेका छन् ।
चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी ९पीके०लगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् ।
निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी। घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।
मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।
 
						








































