२०८२ असार १९ बिहीवार | Thursday, Jul 03 2025

अनेसासको छैटौँ सम्मेलन भव्य, उद्घाटन सम्पन्न

आज अनुष्ठानको दोश्रो दिन संगठन आन्तरिक जीवनबारे ब्यापक बहस हुने

Untitled
Untitled
Untitled

 

 

प्रतिनिधि युरोप,

जून २३का दिन सोमबार बेल्जियमको डाइमण्ड शहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौँ सम्मेलन कार्यक्रमका प्रमुख अतिथि तथा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको छ। भब्य उद्घाटन समारोहलाई अन्तराष्ट्रिय सम्मेलनका संयोजक सौरभ कारंजित र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछाने,उद्घाटन सत्रका  सभापति सर्वज्ञ वाग्लेले साथ दिनु भएको थियो। नेपाली राष्ट्रिय गीतबाट अघि बढेको समूद्घाटन सत्रमा अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माईले संसारभरिका करिव तेह्र देशका साठी भन्दा बाढी शाखाबाट आउनु भएका अतिथि तथा पाहुनाहरुलाई आसन ग्रहण गराउनु भयो।

आसन ग्रहण पछि अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका महासचिव तथा समालोचक गोपाल दाहालले सम्पूर्ण उद्घाटन सत्रको संचालन गर्नु भयो। अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको उक्त सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम बिश्वकर्माको विशिष्ट उपस्थिति थियो। उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटा,बिशिष्ट अभियन्ताहरु क्रमश प्राध्यापक डाक्टर हेमराज शर्मा,लोक दाहाल,गंगाधर गौतम,फडिन्द्र पन्त,प्रा डिपी शर्मा मैनाली,पुष्प बरुवाल,चित्र सुबेदी,बिष्णु भुजेल,मदन दवाडी,भिम सुबेदी,दिपक न्यौपाने,गोबिन्द भट्ट,बिनोद न्यौपाने,बिनोद बानिया,मुना राई,यामु निरौला,रबिन्द्रमान श्रेष्ठ,रजनी प्रधान लगायतले सम्मेलन सफलताको शुभकामना दिए।

अनेसासको सांगठानिक बिशेष उपस्थितिमा अनेसासका केन्द्रिय निबर्तमान अध्यक्ष तथा बरिष्ट साहित्यकार गोबर्धन पूजा,बरिष्ट उपाध्यक्ष लाल गोपाल सुबेदी,उपाध्यक्ष द्वय डिल्ली राम अम्माई र सुदिपभद्र खनाल,सांस्कृतिक समितिका संयोजक महेश्वर पन्त,बाल समितिका संयोजक सुरेन उप्रेती, बिओटी सचिव नारायण अधिकारी र कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उक्त अनुष्ठानको उद्घाटनमा उपस्थित सबैलाई अनेसास केन्द्रको तर्फबाट बरिष्ट साहित्यकार तथा बरिष्ट उपाध्यक्ष लाल गोपाल सुबेदीले शुभकामना मन्तब्य दिए भने विभिन्न देशबाट बेल्जियम आएका पाहुनाहरुलाई ‘अतिथि देवो भव’ भन्दै अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले मन्तब्य मार्फत स्वागत गरे।

कार्यक्रमको दोश्रो चरणमा अनेसास बेल्जियम तथा युरोपका सल्लाहकार कवि ब्रह्मदत्त वाग्लेले बेल्जियममा नेपाली भाषा साहित्यको बिकासमा अनेसासले खेलेको भूमिका,नेपाली भाषा स्कुलहरुको अबस्था र अनेसास बेल्जियम बिकासक्रमबारे सानो टिप्पणी मन्तब्य दिए।

त्यसको लगत्तै साहित्यकार तथा अनेसास युरोपका सह-संयोजक पंचम अधिकारीले अनलाइन हाजिर जवाफ प्रतियोगीता संचालन गरे। उक्त प्रतियोगीतामा प्रथम हुनेलाई एक सय युरो डलर पुरस्कार राखिएको थियो भने दोश्रो पुरस्कार अनेसास बेल्जियमले प्रकाशित गरेको ‘युरोपका कविताहरु’नामक कविता संग्रहको किताव र कथाकार पंचम अधिकारी आँफैद्वारा प्रकाशित ‘प्रवाशिको देश हुन्न’ नामक कथा संग्रह रहेको थियो।

प्राश्नोत्तरमा प्रथम पुरस्कारको प्रायोजन बिओटी सभापति पदम बिस्वकर्माले प्रायोजन गरेका थिए। हाजीर जवाफ प्रतियोगीतामा बोष्टनबाट गोबर्धन पुजा प्रथम भएका थिए भने दोश्रो हुनेमा क्यानाडामा बस्ने साहित्यकार सुरेन उप्रेती थिए।

कार्यक्रमको तेश्रो चरणमा विभिन्न कविहरुले कविता बाचन गरेभने अनेसास युरोपका सल्लाहकार गायक खड्क न्यौपाने,गजल गायक महेश्वर पन्त र अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवा, प्रसिद्ध गजल गायक हरिमाया अधिकारी, अनेसास पोर्तुगलका अध्यक्ष एन बी अन्जान लगायतले आफ्नो वाचन तथा सांगीतिक प्रस्तुती दिएका थिए।

 

Untitled
Untitled
Untitled