काठमाडौं, गोधुली कला साहित्य प्रतिष्ठानले आफ्नो बार्षिकोत्सव अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्दै सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो ।
वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई गोधुली वाङ्गय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो ।
सुबेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामुहिक अभिनन्दन गरेका थिए ।
त्यस्तै वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधुली काव्यश्री सम्मान, वरिष्ठ मुर्तिकार भुवन थापा बहुबि’लाई गोधुली अरनिको कला सम्मान, साहियकार/समाजसेवी पलबीर जुग्जालीलाई गोधुली सत्यमोहन संस्कृति सम्मान, अरनिको अभियन्ता डा. सागर न्यौपानेलाई अरनिको अभियान राष्ट्रिय पुरस्कार, अनुवादक अणुराज जोशीलाई प्रदान गरिएको थियोे ।
यसैगरी गोधुली सिर्जना सम्मान, समाजसेवी केशर सुनारलाई गोधुली समाजसेवा सम्मान, लोकसंस्कृति संरक्षक राम भण्डारीलाई गोधुली कला संस्कृति संरक्षण सम्मान, साहित्यकार अज्ञात युवक (लवप्रसाद भण्डारी) लाई गोधुली साहित्य जागरण सम्मान, समाजसेवी अर्जुन सदाशंकरलाई गोधुली कला-साहित्य सेवा सम्मान, गजलकार/ गीतकार रश्मी रोदनलाई गोधुली युवा सिर्जनशील सम्मान, कलाकार अर्पिता पराजुलीलाई गोधुली चित्रकला सम्मान र बालप्रतिभा संगम बि.क.लाई गोधुली-चिसकुमारी बाल-प्रतीभा पुरस्कार प्रदान गरिएको थियोे ।
अभिनन्दित, सम्मानित तथा पुरस्कृतहरुको बारेमा समालोचक तथा लेखक छायादत्त नेउपाने र अरनिको अभियान संस्थापक नारायणकुमार जिसिले संक्षिप्त प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार ललिता दोषीका ललिताको लालित्य (सुसेलीसङ्ग्रह), उघ्रिँदैन आकाश (मुक्तकसङ्ग्रह), हार्मोनियमको धुन (बाल चित्रकथा) र नीलकमल (अङ्ग्रेजी बाल उपन्यास) एकैसाथ चार कृतिको लोकार्पण समेत गरिएको थियो ।
गोधुली कला साहित्य प्रतिष्ठानकी संरक्षक पशुपति गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले गरेका थिए ।
सो अवसरमा उक्त कार्यक्रमका कार्यक्रम संयोजक एन.बी.अन्जानलाई प्रतिष्ठानको आजिवन सदस्यता समेत प्रदान गरिएको थियो भने एन्जल वल्ड ईन्टरनेशल एकेडेमीका विद्यार्थीहरुद्वारा मारुनी नृत्य प्रस्तुत गरेर सबैलाई स्वागत गरिएको थियो ।
यो कार्यक्रमले आफुलाई छुट्टै किसिमको आनन्द आएको र यस्ता कार्यक्रमको आयोजना सरकारी तहबाट हुनुपर्नेमा गोधुलीले गरेकोमा प्रमुख अतिथी तुलसी दिबसले प्रतिष्ठान साथै अध्यक्ष प्रकाश समीरलाई धन्यवाद दिए ।
प्रतिष्ठानकी उपाध्यक्ष ललिता दोषीले कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् । वरिष्ठ कवि लक्ष्मी मालीको कवितासङै कार्यक्रमको समापन भएको थियो ।


































