एजेन्सी, भारतको जम्मू–कश्मीरमा पाकिस्तानबाट भएको गोलाबारीबाट जम्मू–कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु भएको छ ।
प्रशासनिक सेवामा कार्यरत कर्मचारी राजकुमार थापाको मृत्यु भएको जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार बिहान जानकरी दिएका छन् ।
‘राजौरीबाट दुखद खबर । हामीले जम्मू–कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं ।
शुक्रबार मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
मुख्यमन्त्री अब्दुल्लाहले राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी जारी रहेको पनि बताएका छन् ।

‘पाकिस्तानले शनिबार गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो ।
यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो,’ उनले थपेका छन् ।


































