२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

चलचित्र ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल

Untitled
Untitled
Untitled

काठमाण्डू, चलचित्र ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टिमले कास्टिङ कल गरेको हो ।

सिनेमामा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसको ३० देखि ४० वर्ष उमेर समूहको महिला, हल्का कालो मुहारको राम्री र राम्रो नृत्य गर्नसक्ने २० देखि २५ वर्षकी कलाकारका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ ।

हल्का कालो छाला भएको मिक्स जनजाति फेस देखिने १० देखि १२ वर्ष उमेरको पुरुष कलाकार, ६ फिट अग्लो आर्य फेस भएको ३५ देखि ४० वर्षको पुरुष ९एथलेटिक्स०का लागि पनि माग गरिएको छ ।

४० देखि ५० वर्षको फ्याट एन्ड लेजी लुक्स भएकी जनजाति महिलाका लागि पनि कास्टिङ कल गरिएको छ ।

२५ देखि ३० वर्ष उमेर समूहको फिट बडी भएको जनजाति लुक्सको पुरुष पात्र चाहिएको निर्माणपक्षले बताएको छ ।

६ फिट अग्लो फिट एन्ड फाइन देखिने २५ देखि ३० (एथलेट्स) आर्य फेस, बोल्ड एन्ड कमान्डिङ ६० देखि ६५ वर्ष उमेरको जनजाति उमेरको पुरुष, ५० देखि ६० वर्षको अग्लो, स्वस्थ जनजाति फेसका लागि कास्टिङ कल गरिएको निर्माणपक्षले जनाएको छ ।

गोरो छाला भएको दृष्ट र धुर्त देखिने ५० देखि ६० वर्षको आर्य फेस भएको पुरुष कलाकार र स्मार्ट लुकिङ आर्य फेस भएको ७ देखि १० वर्ष उमेर को बाल कलाकार चाहिएकाले कास्टिङ कल गरिएको निर्माणपक्षले जनाएको छ ।

अनुभवी र नयाँ सबैलाई अवसर दिइने बताइएको छ । राम्रो अभिनय गर्ने व्यक्तिले प्राथमिकता पाउनेछन् ।

पहिलो चरणमा एक मिनेटको भिडियो पठाउनुपर्नेछ । वैशाख १ गतेदेखि ३ गतेसम्म भिडियो पठाइसक्नुपर्नेछ ।

दोस्रो चरणमा डिजिटल अडिसनमा छनोट भएकालाई फिजिकल अडिसन लिइनेछ । दोस्रो चरणमा छनोट भएकालाई फोन गरेर बोलाइनेछ ।

‘द महावीर’को थिम पोस्टर सार्वजनिक भइसकेको छ ।

जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट नखुलाए पनि थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।

दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ ।

बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो ।

चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ । उठ, लड र जीत भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ ।

चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् ।

लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् ।

हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रको रिलिज डेट पनि घोषणा गरेको छैन ।

Untitled
Untitled
Untitled