२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विभिन्न सङ्घसंस्थाले रगत अभाव टार्न गरे रक्तदान

Untitled
Untitled
Untitled

नेपालगन्ज । बाँकेमा देखिएको रगत अभाव कम गर्न विभिन्न सङ्घसंस्थाले रक्तदानका कार्यक्रम आयोजना गरेका छन्। सोही क्रममा समाजवादी युवा सङ्घ बाँकेले डोनर समूहको समन्वयमा नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरेर ५१ पिन्ट रगत सङ्कलन गरेको छ।

जनता समाजवादी पार्टीको भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ५१ जना युवाले एकै ठाउँमा रक्तदान गरेका हुन्।

कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर यो रक्तदान कार्यक्रम गरिएको बताउनुभयो। उहाँले रगत दानभन्दा ठुलो दान अरु कुनै पनि नभएको प्रष्ट पार्दै अन्य युवालाई पनि रगत दान गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादव, जसपाका जिल्ला अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिति थियो।

नेपालगन्जमा रगत आवश्यकता भएकालाई दिनरात नभनी रगतको व्यवस्थापनमा खटिने डोनर ग्रुप, नेपालगन्ज डोनर ग्रुप जस्ता समूहको कार्य अति नै प्रशंसनीय रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ।

सो केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जाडोको समयमा रगतको निकै अभाव हुने गरेकोले रक्तदान कार्यक्रममा तीव्रता दिन विभिन्न डोनर समूह र अन्य सङ्घसंस्थालाई निरन्तर अनुरोध गर्दै आएको बताउनुभयो।

रगत अभावकै कारण विभिन्न समूहका रगत रक्तसञ्चार केन्द्रमा नहुँदा रगत आवश्यक परेका बिरामीका आफन्त रगतका लागि निकै भौंतारिनुपर्ने अवस्था छ।

Untitled
Untitled
Untitled