काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो।
रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय नगरेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्।
एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए।
कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिए लगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन्।