काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ ।
सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले गठबन्धन सरकारको प्रभावकारिता, पार्टीको भूमिका र मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
केन्द्रीय सदस्यहरुले केपी ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् ।
देउवा पक्षधर सदस्यहरुले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् ।
बागमती प्रदेशको बजेट र पार्टी नेतृत्वमा कमजोरी भएको भन्दै संयन्त्र गठन र अनुशासन कायम गर्नुपर्ने सुझाव आएको छ ।
पार्टीको १५औं महाधिवेशन र भ्रातृ संगठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।