२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नाटक लेखक सुशीला शर्मालाई साहित्यिक सम्मान

Untitled
Untitled
Untitled

दोलखा । बिष्णुलक्ष्मी साहित्यिक पुुरस्कार समिति दोलखाले हरेक वर्ष माघ– १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी-तुलसीमाया साहित्य सम्मान– २०८१ नाटक लेखक, कवि एवम् कथाकार सुशीला शर्मालाई प्रदान गरिएको छ ।

पत्रकार चिरञ्जीवी मास्केले आफ्ना स्वर्गीय आमाहरुको नाममा स्थापना गर्नु भएको बिष्णुलक्ष्मी-तुलसीमाया साहित्य सम्मानबाट हरेक वर्षको माघ– १ गते साहित्य लेखनमा सक्रिय दोलखाका एक जना साहित्यकारलाई पुरस्कृत गरिँदै आएको छ ।

सोही अवसरमा बार्षिक रुपमा प्रकाशन हुने साहित्यिक पत्रिका प्रदेयको नयाँ अङ्क समेत सार्वजनिक गरिँदै आएको छ । यो वर्षको प्रदेयमा विभिन्न ५५ जना साहित्यकारहरुको लेख रचना समावेश गरिएको छ ।

नाटक लेखक, कवि एवम् कथाकार सुशीला शर्मालाई सम्मानपत्र प्रदान गर्नुहुँदै दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुुख इश्वरनारायण मानन्धरले साहित्य लेखनले देशको भाषा, संस्कृतिलाई उन्नत बनाउन टेवा पुग्ने भएकोले नगरले साहित्यको प्रवर्द्धमा न सहयोग गर्ने बताए ।

मेलुुङ गाँउपालिकाका अध्यक्ष हिराकुुमार थोकरले साहित्यिक विकासले समग्र समाजको अवस्थाको चित्रण गर्ने भएकोले स्थानीय तहहरुले पनि साहित्यिक गतिविधि सञ्चालनमा सहयोग गर्नुपर्ने बताए ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिष्णुलक्ष्मी साहित्यिक पुुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्ले, पूर्व अध्यक्ष दीपशङ्कर चौलागाई, सम्मानित साहित्यकार सुशीला शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Untitled
Untitled
Untitled