२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुख्खा बन्दरगाह भन्सारबाट २३ अर्ब ३४ करोड राजस्व असुली

Untitled
Untitled
Untitled

वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को साउन–भदौ–असोज, कात्तिक, मंसिर र पुस महिना गरी ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङकका आधारमा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ र असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।

त्यस्तैगरी कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपियाँ, मंसिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपियाँ र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख ९१ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले दिएको २९ अर्ब ७ करोड २२ लाख ७१ हजार रुपियाँ राजस्व संकलनको लक्ष्यमा कार्यालयले ५ अर्ब ७२ करोड ८९ लाख ५२ हजार रुपियाँ कम राजश्व असुली गरी २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो ।

गत आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महिनामा कार्यालयले २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताउनुभयो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६ महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँको ३८ दशमलव ८७ प्रतिशत  राजस्व संकलन गरेको हो ।

Untitled
Untitled
Untitled