२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

चालू खाता ६९.४ अर्बले घाटामा, शोधनान्तर स्थिति रु. २.२८ खर्बले बचतमा

Untitled
Untitled
Untitled

काठमाण्डौ, मुलुकको चालू खाता करिब साढे ६९ अर्ब रुपैयाँले घाटामा रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना ९जेठसम्म०को तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा अवधिमा चालूू खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई रु.७ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ६५ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु।९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ३५ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ।

Untitled
Untitled
Untitled