२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

असार २३, २४, ३० र ३१ गते बैंक तथा क्लियरिङ हाउस रातिसम्म खुल्लै राख्नुपर्ने

Untitled
Untitled
Untitled
काठमाण्डौ, चालू आर्थिक वर्षको अन्तिम महिना असारका अब आउने दिनका सार्वजनिक विदाका दिनमा समेत बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै असार २४ गते(शनिवार), २३ गते(शुक्रबार)र असार ३० गते(शनिवार)को दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते(आइतबार) बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर(इएफटी)को फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजश्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि यो अवधिमा नेपाल क्लियरिङ हाउसको सेवा पनि खुल्लै राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
Untitled
Untitled
Untitled