२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कारोबार सञ्चालन गर्न १० नयाँ ब्रोकरले दिए नेप्सेमा निवेदन

Untitled
Untitled
Untitled

काठमाण्डौ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धितोपत्र कारोबारका लागि सदस्यता लिन आवेदन दिने नयाँ ब्रोकर कम्पनीको संख्या १० पुगेको छ।

नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका छन्। तीमध्ये हालसम्म १० वटा कम्पनीले कारोबार सञ्चालनका लागि सदस्यता लिन नेप्सेमा निवेदन दिएका हुन्।

आजमात्रै ३ वटा नयाँ ब्रोकर कम्पनीले सदस्यताका लागि नेप्सेमा निवेदन दिएका छन्। अघिल्लो साता ७ वटा नयाँ ब्रोकर कम्पनीले सदस्यताका लागि नेप्सेमा निवेदन दिएका थिए।

आज नेप्सेमा भोले गणेश सेक्युरिटिज (अनामनगर), एलिट स्टक हाउस (लाजिम्पाट) र क्यापिटल म्याक्स सेक्युरिटिज (ज्ञानेश्वर)का सञ्चालकहरुले सदस्यताका लागि नेप्सेमा निवेदन दिएका हुन्।

एलिटका सञ्चालकले आफूहरुले भौतिक तथा प्राविधिक रुपमा सबै काम सकेर आज नेप्सेमा निवेदन दिएको जानकारी दिए।

हाम्रोतर्फबाट काम पूरा भएको छ, अब नेप्सेले सदस्यता अनुमति दिएपछि कारोबार सञ्चालन गर्नेछौँ’, ती सञ्चालकले भने।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अब नेप्सेले प्राविधिक पूर्वाधार हेरेर नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र कारोबार सदस्यता प्रदान गर्ने बताए। ‘

समय कति लाग्छ भन्ने विषयमा ठ्यक्कै तोकेर भन्न सकिने अवस्था छैन’, उनले भने, यसअघि नागरिक स्टक डिलरले निवेदन दिएको एक महिनामा कारोबार सदस्यताको अनुमति पाएको थियो।

हाल निवेदन दिएका धितोपत्र दलाल व्यवसायीहरुको हकमा पनि कम्तीमा एक महिना लाग्न सक्ने पराजुलीको आँकलन छ। ‘

हाल नेप्से अध्यक्षविहीन छ’, उनले भने, ‘सम्भवतः आउने सातासम्म अध्यक्ष पनि सरकारले पठाउन सक्छ। तर, अध्यक्षको नहुँदैमा काम भने रोकिँदैन।’

सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीहरुको आवेदन सदर गरेको थियो। तीमध्ये मापदण्डअनुसार भौतिक पूर्वाधार तयार गरेका एउटा स्टक डिलरसहित १८ वटाले ब्रोकर लाइसेन्स पाइसकेका छन्।

Untitled
Untitled
Untitled