२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

सेगवे ई १०० इलेक्ट्रिक स्कुटरमा पूर्व/पश्चिम यात्रा सम्पन्न

Untitled
Untitled
Untitled

काठमाडौं, सेगवे इलेक्ट्रिक स्कुटर ई १०० मार्फत धीरेनमान श्रेष्ठले पूर्व, काँकडभिट्टा (नेपाल भारत सीमा) देखि पश्चिम, महेन्द्र नगर (नेपाल भारत सीमा) सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन्।

यो यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ।

दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको बताइएको छ।

६ रात ७ दिनको यात्रा धीरेनले पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च ६५० रुपैयाँ मात्रै भएको बताए।

यात्रा अवधिभर, यस स्कुटरको कार्य क्षमताको परीक्षण गरिएको थियो। जस अन्तर्गत माइलेज, उच्च गति, अफरोड, तापक्रम, अपहिल, ब्रेकिङ, हेडलाइट, र कम्फर्ट परीक्षण भएको थियो।

Untitled
Untitled
Untitled