२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

भारतबाट घटेर आयो इन्धनको मूल्य, ग्यासमा ३४८ रुपैयाँ घट्यो

Untitled
Untitled
Untitled

काठमाडौं, भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको छ।

सोमबार आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रूपैयाँ ३७ पैसा, डिजेल ४ रूपैयाँ १६ पैसा र मट्टितेल ३ रूपैयाँ ४८ पैसा घटेर आएको हो।

त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ।

ग्यासको मूल्य घटेर आए पनि निगम अझै प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ घाटामा रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए।

उनका अनुसार यसअघि बढेर आउँदा मूल्य समायोजन नगरेकाले अहिले घटेर आउँदा पनि मूल्य समायोजन गरिने छैन।

हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५, डिजेल १६५, ग्यास १८ सय रूपैयाँ तिर्दै आएका छन्।

Untitled
Untitled
Untitled