२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

Untitled
Untitled
Untitled

काठमाडौं, सुपर मादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

२३ माघ सोमबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ ।

यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ताको १० प्रतिशतले हुने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

त्यसैगरी कम्पनीले एक लाख पाँच हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरका लागि माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल एक करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये पाँच हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

यसरी गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा एक लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनुमानित प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

Untitled
Untitled
Untitled