२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ । आइतबारको कारोबारमा सुनको मूल्य वृद्धि भएसँगै पछिल्लो केही दिनदेखिको गिरावट थामिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै बहुमूल्य पँहेलो धातु सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको छ ।

यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

Untitled
Untitled
Untitled