२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, मंगलबारको कारोबारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।

Untitled
Untitled
Untitled