काठमाण्डू, सेयरबजारमा आज ४८.७१ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७३ प्रतिशतले बढेर २८५१.२४ विन्दूमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा अन्य समुह रहेको छ । यो समूह ३.४३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, बैंकिङ समूह १.२४ प्रतिशशत, विकास बैंक समूह ०.७८ प्रतिशत, फाइनान्स समूह १.४७ प्रतिशत, होटल तथा पर्यटन समूह २.३९ प्रतिशत, हाइड्रोपावर समूह २.७० प्रतिशत, लगानी समूह १ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.५८ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२० प्रतिशत, म्युचुअल फण्ड समूह ०.१३ प्रतिशत, निर्जीवन बीमा समूह १ प्रतिशत र व्यापार समूह ०.६२ प्रतिशतले बढेको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाको सेयरभाउ १० प्रतिशतले बढेर ६ हाजार १२८ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १० प्रतिशतले बढेर ४ हजार २८९.४० रुपैयाँ पुगेको छ भने भुजुङ हाइड्रोपावरको १० प्रतिशतले बढेर १ हजार ८३ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसका साथै रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इनको सेयरमूल्य पनि १० प्रतिशतका दरले बढेको छ ।
यता सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरको ९.९९ प्रतिशतका दरले र हिमस्टार उर्जाको ९.६४ प्रतिशत र हिमालयन रि को सेयरभाउ ७.५३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने स्टकमा एनआइसी एशिया ब्यालेन्स्ड फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ६.७४ प्रतिशतले घटेको छ ।
त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको २.५५ प्रतिशत, एनआइबीएल समृद्धि फण्ड–२ को २.२६ प्रतिशत, १०.२५ एनबीबीएल डिबेञ्चरको २ प्रतिशत, १०.३५५ कृषि विकास बैंक डिबेञ्चरको २ प्रतिशत, १० प्राइम डिबेञ्चरको १.९७ प्रतिशत, सेञ्चुरी डिबेञ्चरको १.९३ प्रतिशत, लक्ष्मी उन्नती कोषको १.८२ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १.७८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको १.७३ प्रतिशतले घटेको छ ।


































