२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसआईपीडी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ९८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा ६७.३५ प्रतिशत अर्थात् ६६ लाख कित्ता सेयर संस्थापक सेयरधनीहरुले लगानी गरेको र ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुलाई वितरण गरेको सेयर रहेको छ ।

नेप्सेले सो कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९४.७८ रुपैयाँदेखि २८४.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

सोही मूल्यकै आधारमा भोलिदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

Untitled
Untitled
Untitled