२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुन र चाँदी दुवैको मूल्य घट्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा आज सुनको भाउ तोलामै ३ हजार ६०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।

 

Untitled
Untitled
Untitled