२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

गएका २ दिन ७५ सय घटेको सुनको मूल्य आज फेरि वृद्धि, चाँदी पनि महँगियो

Untitled
Untitled
Untitled

काठमाण्डू, आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा पाँच हजार रुपैयाँ बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेर दुई लाख ८१ हजार रुपैयाँमा झरेको थियो।

गएको बुधबार तोलामा १३ हजार रुपैयाँ बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुवैदिन लगातार घटेको थियो।

गत साताका ६ दिनमा ३६ हजार रुपैयाँ घटेको सुनको मूल्य फेरि बढ्न थालेको हो।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

Untitled
Untitled
Untitled