२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एकैदिन १२ हजारभन्दा बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको छ।

केही समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

पछिल्लो एक सातामा सुनको मूल्य २७ हजार ४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय परिवेशका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य आकाशिएको हो।

Untitled
Untitled
Untitled