२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुनको मूल्य फेरि ५२०० डलरमाथि, चाँदीमा अझ ठूलो उछाल

Untitled
Untitled
Untitled

काठमाण्डू, सुनचाँदीको मूल्यमा फेरि उछाल सुरु भएको छ ।
अन्तराष्ट्रिय बजारमा यी दुवै धातुको मूल्यमा पुनः उछाल आउन शुरु भएको देखिएको हो ।

यो तयार पार्दासम्म सुनको मूल्य ह्वात्तै बढेर प्रति औंस ५२०० डलर माथि पुगिसकेको छ । यो भनेको अघिल्लो कारोबार दिनको तुलनामा २ प्रतिशतभन्दा बढीको वृद्धि हो ।

यसअघि प्रति औंस ५१०० डलरसम्म पुगेर केही दिन सुनमा करेक्सन देखिएको थियो ।

तर, फेरि इरान अमेरिका युद्ध नरोकिने छाँटकाट देखिएसँगै सुरक्षित सम्पत्तितर्फ लगानीकर्ताको आकर्षण बढेपछि सुनको डिमाण्ड ह्वात्तै बढ्दा मूल्यमा दवाब परेको हो ।

पछिल्लो केही दिन सुनको तुलनामा चाँदीमा झनै ठूलो उछाल आइरहेको छ ।

पछिल्लो २४ घण्टामा चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा ६ प्रतिशतले वृद्धि भएको छ । चाँदीको मूल्य अब प्रतिऔंस ८९.२५ डलर पुगेको छ ।

चाँदीलाई पछिल्लो समय औद्योगिक सुनको रुपमा चित्रण गरिएको छ । विद्युतीय सवारीदेखि अन्य उत्पादनहरुमा समेत चाँदीको प्रयोग बढेसँगै यसको मूल्य पनि उक्लिरहेको छ ।

Untitled
Untitled
Untitled