२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लगातार ३ दिन बढ्यो सेयरबजार, साढे चार अर्ब बढीको कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.३० अंकले बढेर २ हजार ६४८.९० विन्दूमा पुगेको छ।

यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५४.५७ विन्दूमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३३ वटा स्क्रिप्टका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

अघिल्लो कारोबार दिन भने ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । जीवन बीमा समूह आज सर्वाधिक अर्थात १.७९ प्रतिशतले बढ्यो ।

बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.४७, हाईड्रो ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य ०.३५ प्रतिशतले बढ्यो ।

आज फाइनान्स, म्युचुअल फण्ड र व्यापार समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः ०.२८, ०.०२ र ०.८९ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक २८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी ङादी ग्रुप पावरको २५ करोड ४७ लाख, एसवाई प्यानल नेपालको २३ करोड ४७ लाख, रिडी पावरको १४ करोड ८० लाख र बन्दीपुर केवलकारको १० करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ।

आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र विन नेपाल लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी सुपरमाई हाईड्रोपावरको सेयरमूल्य ९.१८ प्रतिशत, अपर लोहोरे खोलाको ४.१५ र नेशनल हाईड्रोपावरको सेयरमूल्य ३.८६ प्रतिशतले बढ्यो ।

हिमालयन पावर पाटर्नरको सेयरमूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ।

Untitled
Untitled
Untitled