२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, ३ लाख ३२ हजारले पाए १० कित्ता सेयर

Untitled
Untitled
Untitled

काठमाण्डू, होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा आज बिहान बाँडफाँड गरेको हो ।

कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता सेयरका लागि परेको २४ लाख ४ हजार ४७७ आवेदन सदर भएको छ ।

सि–आस्वा सदस्यले रिजेक्ट गरेको आवेदकको संख्या २ लाख ५५ हजार ९७५ रहेको छ भने बदर आवेदकको संख्या ३३ हजार १६२ रहेको छ ।

कुल सदर आवेदकमध्ये ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

Untitled
Untitled
Untitled