२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्कासनको मिति परिवर्तन

Untitled
Untitled
Untitled

काठमाण्डू, सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ ।

कम्पनीले फागुन ४ गतेदेखि निष्कासन गर्ने तय भएको कम्पनीको आईपीओको मिति परिवर्तन गरेको हो ।

कम्पनीको आईपीओ निष्कासनको मिति अन्य कम्पनीको आईपीओसँग जुध्न गएकाले सिडिएस एण्ड क्लियरिङले माघ २७ गते कम्पनीलाई यसअघि तय भएको मिति परिवर्तन गर्न निर्देशन दिएको थियो ।

सोही बमोजिम कम्पनीले अब फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन खुलाउने भएको छ ।

कम्पनीले कुल १२ लाख ८६ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।

Untitled
Untitled
Untitled