२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सिटिजन्स बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Untitled
Untitled
Untitled

काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न चारजना संस्थापक सेयरधनीहरुको को नाममा रहेको ३ लाख ९ हजार ३८२।७२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० र १३० रुपैयाँ तोकिएको छ ।

Untitled
Untitled
Untitled