२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ जारी गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Untitled
Untitled
Untitled