२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

‘नेपाल लाइफ समृद्धि लगानी योजना’को सार्वजनिक निष्कासन माघ ४ देखि

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई बिक्री आगामी माघ ४ गतेदेखि हुने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

कुल निष्कासनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखि बाँकी रहने १३ करोड ६० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य
) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते बैंकिङ समयपछि हुनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल लाइफ क्यािपटल लिमिटेड रहेको छ।

नेपाल लाइफ क्यापिटल लिमिटेडले पुस १३ गते नेपाल धितोपत्र बोर्डबाट अर्ब ६० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका १६ करोड इकाई भएको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी योजना बिक्री गर्न अनुमति पाएको थियो ।

Untitled
Untitled
Untitled