२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले २० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरको १५ लाख ५० हजार कित्ता साधारण सेयरको ४० प्रतिशत अर्था ६ लाख २० हजार कित्ता लम्जुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि जारी गरिनेछ ।

यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँ रकमबराबरको रु। १०० अंकित दरका १५ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गते हुनेछ ।

ल्भध इााष्अभक्उयलकयचभम
ीबहmष् क्गलचष्कभ द्यबलप ीष्mष्तभमक्उयलकयचभम
क्ष्ःभ् चझष्तक्उयलकयचभम
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Untitled
Untitled
Untitled