२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले

Untitled
Untitled
Untitled

काठमाण्डू, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो।

बैठकले यही माघ ३ गते शनिबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।

उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।

यसका साथै अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने, आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Untitled
Untitled
Untitled