२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

Untitled

Untitled
Untitled
Untitled

काठमाण्डू, अघिल्लो दिन आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँ वृद्धि भएको छ ।

योसँग सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ ।

यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीमा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ ।

जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Untitled
Untitled
Untitled