२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आजपनि बढ्यो सुनको भाउ, प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार

Untitled
Untitled
Untitled
काठमाण्डू, स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।
Untitled
Untitled
Untitled