२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बैंकका अध्यक्ष, सञ्चालक र सीईओको विदेश भ्रमणमा कडाई, सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र सीईओको विदेश यात्रामा कडाई गरेको छ ।

केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै विदेश भ्रमण गर्दा सञ्चालक समितिबाटठ निर्णय गराउनु पर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्नेछ । यसअघि भने यस्तो व्यवस्था थिएन ।

यसअघि सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सम्बन्धित संस्थाले यस सम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्ने र यस्तो कार्यविधिमा अन्य आवश्यक विषयहरुका अतिरिक्त देहाय बमोजिमको व्यवस्था कायम गरेको हुनु पर्ने व्यवस्था मात्रै थियो ।

यस्तै भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्षहरुमा सम्बन्धित संस्थाको संचालक समितिवाट निर्णय भएको हुनुपर्नेछ ।

Untitled
Untitled
Untitled