काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०२ अंकले घटेर २ हजार ६०६.६७ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४४६.७५ विन्दूमा सीमित बनेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.६१ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.१२, जीवन बीमा ०.५०, निर्जीवन बीमा ०.०५ र व्यापार ०.४१ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.६७ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.११ प्रतिशत, फाइनान्स ०.५७, होटल ०.२३, लगानी ०.१६, लघुवित्त ०.२९, म्युचुअल फण्ड ०.०४ र अन्य ०.२१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५५ करोड ८६ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै सागर डिस्टिलरीको २३ करोड ९७ लाख , पियोर इनर्जीको ९ करोड ७६ लाख,राधी विद्युतको ९ करोड ९ लाख र झापा इनर्जीको ८ करोड ६२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर स्याङ्गे हाईड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै इङ्ग्वा हाईड्रोपावरको सेयरमूल्य ९.०३, पियोर इनर्जीको ४.४०, मकर जितुमाया सुरीको सेयरमूल्य ४.१९ प्रतिशतले बढ्यो ।
यो दिन सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.१६ प्रतिशतले घट्यो ।
मेन्छियाम हाईड्रोको सेयरमूल्य पनि आज ३.७३ र गृह्वेश्वरी मर्चेन्टको सेयरमूल्य ३.६८ प्रतिशतले घट्यो ।


































