काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.८९ अंकले घटेर २ हजार ७४१.९७ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४७३.६८ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात १.९६ प्रतिशतले घट्यो ।
यस्तै बैंकिङ समूह ०.४० प्रतिशत,विकास बैंक ०.३७, फाइनान्स ०.८१, होटल ०.७६, हाईड्रो ०.९८, लगानी ०.७१, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.७९,लघुवित्त ०.८५, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.६२ र अन्य समूह ०.२४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ७० लाख बढीको कारोबार भयो ।
हिमालयन रि इन्स्योरेन्सको पनि आज २० करोड ११ लाख, युनियन हाईड्रोको १४ करोड ६९ लाख, दोर्दीखोला जलविद्युतको १४ करोड ४१ लाख र हिमालयन डिष्ट्रिलरीको १४ करोड २६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिमस्टार उर्जा कम्पनीको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।
यस्तै युनियन हाईड्रोपावरको सेयरमूल्य ३।६० प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्य २.०९ प्रतिशतले घट्यो ।
आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.४७ प्रतिशतले घट्यो ।
यो दिन दोर्दीखोला जलविद्युतको सेयरमूल्य पनि ७.३२ प्रतिशत, पिपुल्स हाईड्रोपावरको ४.१८ र विकास हाईड्रोपावरको सेयरमूल्य ४.०४ प्रतिशतले घट्यो ।

































