२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ५.१० अर्बमा सीमित

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात १२.०३ अंकले बढेर २ हजार ७६१.८६ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले बढेर ४७६.३८ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ६ अर्ब ६ करोडबराबरको सेयर कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो।

यो समूह आज १.६२ प्रतिशतले बढ्यो।

यस्तै आज विकास बैंक समूह ०.७५ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.६३, हाईड्रो ०.०१, लगानी ०.१७, जीवन बीमा ०.१२,उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१९ र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले बढ्यो ।

अन्य र व्यापार समूह मात्रै आज घटे । यी समूहहरु क्रमशः ०.०२ र १.१५ प्रतिशतले घटे ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ८ लाख बढीको कारोबार भयो ।

यस्तै आज एभरेष्ट बैंकको पनि २४ करोड ४४ लाख, हिमालयन डिष्ट्रिलरीको २१ करोड ८१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । हिमस्टार उर्जाको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.०७ प्रतिशतले बढ्यो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य पनि ४.०८ प्रतिशत, सिद्धार्थ बैंकको ३.२८ र महिला लघुवित्तको सेयरमूल्य ३.२१ प्रतिशतले बढ्यो ।

उन्नती सहकार्यको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.६८ प्रतिशतले घट्यो ।

विकास हाईड्रोको सेयरमूल्य पनि आज ४.८८ प्रतिशत, पियोर इनर्जीको ४.७१, पिपुल्स पावरको ३.६५ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.३४ प्रतिशतले घट्यो ।

Untitled
Untitled
Untitled