२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बुटवल र अनामनगरपछि करेन्ट प्वइन्टको तेस्रो शाखा काठमाण्डौको शंखमूलमा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट प्वइन्ट’को तेस्रो शाखा काठमाण्डौको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।

बुटवल र काठमाण्डौको अनामनगरमा रहेका आउटलेटहरूको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खाने दिनको अवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

करेन्ट प्वइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् ।

विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिजपकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउँनेछन् ।

साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् ।

विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाण्डौवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट प्वइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट प्वइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाण्डौमा थप विस्तारका लागि उत्साहित बनाएको बताए ।

उनले भन्ने, ‘काठमाण्डौका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।

हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।’

उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट प्वइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिएका थिए ।

Untitled
Untitled
Untitled