२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Untitled
Untitled
Untitled

काठमाण्डू, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्यवृद्धि भएको हो ।

त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Untitled
Untitled
Untitled