२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

साताको दोस्रो दिन सेयर बजारमा ९.६२ अङ्कको गिरावट

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको कारोबारको दोस्रो दिन सेयर बजारमा ९.६२ अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक ९.६२ अङ्कले घटेर २६१०.७६ बिन्दूमा बन्द भएको छ ।

आज सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज ३ कम्पनीको सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन सुपर ३० म्युचुअल फन्डको सेयरमा सर्किट लागेको हो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक बढेको छ ।

Untitled
Untitled
Untitled