२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड, तोडफोड गर्नेको खोजि हुँदै

Untitled
Untitled
Untitled

ताप्लेजुङ, स्थानीयले विरोध जनाइरहेको ताप्लेजुङमा निर्माणाधीन अपर तमोर हाइड्रोपावरको कामदार बस्ने ब्यारेक तोडफोड भएको छ ।

जिल्लामा निर्माणाधीन सबैभन्दा ठुलो २८५ मेगावाट क्षमताको जलविद्युतको कामदार बस्ने ब्यारेक तोडफोड भएको हो ।

फक्ताङलुङ गाउँपालिका ३ सिँवामा रहेको ब्यारेकमा कामदार नभएको समयमा आज बिहान करिब साढे आठ बजे तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

कर्मचारीहरू काम गर्न गएको समयमा १० देखि १२ जनाको समूहले तोडफोड गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ ।

उक्त समूहले ब्यारेकको १३ वटा झ्याल, छ वटा ढोकामा, एउटा हेलोजिन लाइट तोडफोड गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

घटनापश्चात् तत्काल प्रहरी चौकी सिँवाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली खटाइएको थियो ।

तोडफोड गरेर समूहहरू अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी कार्य तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा १० जना प्रहरी खटाइएको बताइएको छ ।

 

Untitled
Untitled
Untitled