२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

Untitled
Untitled
Untitled

काठमाण्डू, एपीएफले महिला प्रधानमन्त्री कपको उपाधि जितेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्यमा एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन बनाइन् । कप्तान इन्दू बर्माले १८ रन बनाइन् । ओपनर राजमती ऐरीले ४ रनमा रन आउट भइन् ।

यसअघि सुदूरपश्चिम १८. १ ओभरमा ६७ रनमा अलआउट भएको थियो । मनिषा बोहराले अविजित १८ रन बनाइन् । कप्तान विन्दू रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन् । सबनम राई र इन्दू बर्माले २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन् ।

Untitled
Untitled
Untitled